१७ वर्षीया किशोरीलाई मदिरा खुवाएर सामूहिक बलात्कार



न्युज अफ नेपाल, मोरङ । मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ।

मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका-५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका छन् ।

पक्राउ परेकामध्ये एक जनालाई ती किशोरीलाई बोलाएर मदिरा सेवन गराई लठ्याएका थिए। किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्‍याए र त्यहाँ पनि मदिरा सेवन गराएकाे खुल्न आएको छ ।

‘मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामूहिक रूपमा करणी गरेको खुल्नमा आएको प्रहरीले बताएको छ । राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि प्रहरीले युवाहरूको खोजी गर्न थालेको थियो ।स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोसी अञ्चल अप्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्