जबरजस्ती करणी गरेको अभियोगमा ४ पक्राउ 



मोरङ । किशारीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरको छ । ग्रामथान गाउँपालिका ७ स्थित केराघारीमा १७ वर्षीया किशोरीलाई करणी गरको अभियोगमा शनिबार राति प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका ५ बस्ने २० वर्षीय सुरेश थानदार, सोही स्थान बस्ने २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोष कुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारु रहेको प्रहरीले जनाएको छ ।

घटना घटेको खबर प्राप्त भउ लगत्तै ईलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको हो । घटनामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तको प्रहरीले खोजी गरिरहेको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्