लागूऔषध कारोबारमा संलग्न २ बालक पक्राउ



महेश सिंह, सिरहा । प्रतिबन्धित लागुऔषध तस्करीमा संलग्न दुई बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब रहेको हो ।

दुवैजना बालक भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठाडी प्रहरीको इनचार्ज चन्देश्वर सिंहले बताए । सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको सिंहले बताए ।

पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेका हुन् पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्