पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र



काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा वादी र प्रतिवादीका साक्षीहरुको वकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतमा मृतक पुडासैनी र आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका साक्षीहरुको वकपत्र लिन सुरु गरिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा साक्षीको वकपत्र पेश भइसकेको छ । यस्तै शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

गत साउन २० गते नारायणगढ होटलमा झुण्डिएको अवस्थामा पुडासैनी शव भेटिएको थियो । मृत्युअघि पुडाुसैनिले रेकर्ड गरेको भिडियो अनुसार लामीछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो । पक्राउ परेका रवि लामिछाने पाँच लाख, युवराज कँडेल तीन लाख र अस्मिता कार्की साधरण तारेखमा छुटेका थिए ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्