अस्पतालको लापरबाहीले बिरामीको मृत्यु



Om Hospital & Research Centre, Kathmandu

काठमाडौं । चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङ रहेकी छन् ।

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको शनिबार बिहान पत्थरीको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि गुरूङको अवस्था सामान्य रहेको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले गुरूङको अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको हो । मृतकका आफन्तले भने अस्पतालको लापरबाहीले गुरूङको मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्तले लगाएको आरोप गलत रहेको बताउदै अस्पतालले भने बिरामीको मृत्यु हर्ट अट्याकका कारण भएको दाबी गरेको छ ।

पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही समयपछि मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा हुन् ।

प्रतिक्रिया दिनुहोस्