कर्जा हिनामिना गरेको अभियोगमा बैंक अफ काठमान्डुका पूर्व सिइओसहित ११ पक्राउ



काठमाडौं । डेढ करोड रुपैयाँ कर्जा हिनामिना गरेको अभियोगमा बैंक अफ काठमान्डुका पूर्व सिइओसहित ११ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुले खोलाले बगाएको जग्गाको किर्ते कागजात बनाएर डेढ करोड कर्जा लिएका थिए ।

बैंक अफ काठमान्डुका पूर्व सिइओ अजय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुत्रबार पक्राउ गरेको थियो । यस्तै अन्य ४ जना कर्मचारीलाई बिहीबार पक्राउ गरिएको सिआइबीले जनाएको छ । बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको पाइएको सिआइबीले जनाएको छ ।

सुरेन्द्र श्रेष्ठ र भुपेन्द्र श्रेष्ठलाई पक्राउ गरी बयानका लिने क्रममा पूर्व सिइओसहित ११ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्