चट्याङ लागेर एकको मृत्यु



पर्सा । वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्