दशैँको टिकट खुलेको पहिलो दिनमै बसपार्कमा भीडभाड



काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा आज बिहान फरक टिकट काट्नेहरुको निक्कै भीड लागेको छ । बसपार्कभित्रका टिकट काउन्टरहरू अघिल्ला दिन सुनसानजस्तै हुने गरेका भए पनि आइतबार भने भीडभाड थियो ।

 

सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीडको ग्राफ बढेको हो । भीडभाड बढेपछि अघिल्ला दिनहरूमा फुर्सदिला हुने काउन्टरका कर्मचारीको व्यस्तता पनि बढेको छ ।

आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने सपना पूरा गर्न यात्रुहरू बसपार्कमा झुम्मिएका हुन् । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।

दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । तर, लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । विगत वर्षदेखि नै यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्