सन्तोष पहिलो



काठमाडौं, (नेस)।क्योकानका सन्तोष काली राजले दोस्रो आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको पुरुष ६५ केजीमा शनिबार स्वर्ण जितेका छन्।

फाइनलमा उनले क्योकानकै सुशान्त लामिछानेलाई पराजित गरे। आईएफकेकेका हरि दनुवार तेस्रो भए।इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा आईएफकेकेका महेश भुजेल पहिलो भए।

उनले फाइनलमा क्योकानका विश्व लामालाई हराए। क्योकानकै सौरव बस्नेतले तेस्रो स्थान हात पारे।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेएका सागर थिङ पहिलो, आईएफकेकेका समीर लिम्बु दोस्रो र आईएफकेकेकै सुरेन्द्र तामाङ तेस्रो भए।

पुरुष ४५ केजीमा आईकेओ बज्रका सुरज विक शीर्ष स्थानमा रहे। उनले फाइनलमा आईकेओका समृद्ध गौतमलाई पाखा लगाए।आईकेएका अनमोल माझी तेस्रो बने। चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे।

 

प्रतिक्रिया दिनुहोस्