नेपाल फेरि ७–० ले पराजित



काठमाडौं, (नेस)। यस समयमा नेपाली फुटबलले ७–० को हारलाई निरन्तरता दिएको छ। जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीले ताजकिस्तानसँग ७–० गोलअन्तरले हार बेहोरेको हो।

समूह ‘ए’ को पहिलो खेलमा पनि नेपालले जोर्डनसँग ७–० कै हार आत्मसात गरेको थियो। समूह चरणबाटै बाहिरिसकेको नेपालले कुवेतसँग भने १–१ बराबरी खेलेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्