डेंगु महामारीविरुद्ध जनचेतना जगाउँदै गोदरेज



काठमाडौं, (नेस)। देशैभरि फैलिएको डेंगुको महामारीले कैयौं व्यक्तिको मृत्यु भएको तथ्यांक पनि बाहिर आइरहेकै बेला गोदरेजको एक टोली डेंगुविरुद्ध अभियानमा लागिपरेको छ। गोदरेजले काठमाडौं उपत्यकामा रहेका समुदायलाई डेंगुुविरुद्धको अभियानलाई मद्दत गर्ने निर्णय लिएको हो।

गोदरेजको एक टोलीले काठमाडौं उपत्यकाको विभिन्न अस्पताल र विद्यालयको भ्रमण गरेका थियो, जहाँ उनीहरूले विद्यार्थीलगायत कर्मचारीलाई महामारीसम्बन्धी ज्ञान र सामना के–कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिएका थियो।

मुलुक अहिले यति बेला डेंगु रोगको महामारीमा फसेको छ। डेंगुको प्रकोप एक्कासी बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ। सरकारी अस्पतालमा मात्र नभई निजी अस्पतालमा पनि डेंगु रोगका बिरामीको चाप बढेको छ।

टोलीले भ्रमणका क्रममा एल्फिस स्कुल, गणेश उच्चमावि, पद्म स्कुल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल, हिमाल अस्पताल, काठमाडौं मोडल अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताललगायतका स्थानका विभिन्न समुदायसम्म पुग्न सफल भएको थियो।

गोदरेजको टोलीले लामखुट्टे प्रजनन हुन सक्ने क्षेत्रको के–कसरी सफा राख्न सकिन्छ भनेर पनि आवश्यक उपाय सिकाएको थियो।

यसबाहेक उनीहरूले समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्णरूपमा बँच्न सकिने र डेंगुको लक्षण देखिनासाथ समयमा नै अस्पताल गएर उपचार गर्न पनि सुझाव दिएका थिए। यसबाहेक टोलीले हिट, उड्ने कीरा मार्ने स्प्रेहरू विद्यार्थी, शिक्षक र कर्मचारीलाई वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्