मिल्सवेरी स्कुलले निकाल्यो साइकल र्याली



काठमाडौं, (नेस)। विश्व शान्ति दिवसको अवसरमा मिल्सबेरी इन्टरनेसनल स्कुल बाँसबारीले शनिबार साइकल र्यालीको आयोजना गरी मनायो।बिहान स्कुल प्राङ्गणबाट शुरू भएको सकाइकल र्यालीले राजधानीको विभिन्न भाग परिक्रमा गरेको थियो। 

विश्वभर विभिन्न बहानामा हिंसात्मक गतिविधि बढ्दै गएपछि संयुक्त राष्ट्रसंघले सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रूपमा मनाउँदै आएको छ।

स्कुल परिसरबाट शुरू भएको र्याली न्युरो अस्पताल, नारायणगोपाल चोक, पानीपोखरी, केशर महल, नागपोखरी, नारायण चौर, भाटभटेनी, बालुवाटार, हँुदै महाराजगन्जबाट स्कुल परिसरमा पुगेर अन्त्य भएको थियो।

साइकल र्यालीमा विद्यालयमा ९१ जना विद्यार्थी, ७० जना शिक्षक कर्मचारी र अभिभावकको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्