एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ विजयी



बेलायत । गैरआवासीय नेपाली संघ (युके) को अध्यक्षमा दुई सय मतान्तरले पुनम गुरुङ विजयी हुनु भएको छ । मतगणना सुरुभए सँगै अर्का प्रत्यासी शेरबहादुर सुनारले अग्रता लिनुभएको थियो । तर आज बिहान भएको मतगणनामा भने पुनमले अग्रता लिनुभएको छ । पुनमले ४५५१ मत ल्याका छन् भने शेरबहादुरले ४३४८ मत प्राप्त गरेका छन् । मतगणना बिहीबारबाट सुरु भएको थियो ।

मतगणनामा अग्रता ल्याएका सुनारलाई बेजिङस्टोकको मत गणना भएपछि भने गुरुङले दुई सय मतान्तरले पराजित गरेको निर्वाचन समिति स्रोतले बताएको छ । मतगणनाको औपचारिक घोषणा भने आइतबार दिउँसो ३ बजेपछि आयोजना गर्ने जनाइएको छ ।

यस्तै, महासचिवमा पनि गुरुङकै प्यानलमा रहेका फणिन्द्र भट्टराईले विजय हासिल गर्नुभएको छ । अधिकांश पदमा गुरुङकै प्यानलले जित हासिल गरेको छ ।

त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी हुनुभएको छ । यस्तै, स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्कीले जितहासिल गर्नुभएको छ ।

महासचिवमा फडिन्द्रले ३९७५ , सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी हुनुभएको छ । महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी हुनुभएको छ । त्यसैगरी, युवा संयोजकमा नविन गुरुङ४३६८ र महिला संयोजकमा प्रसुना कँडेल ३३८५ मतसहित विजयी हुनुभएको छ ।

सदस्यहरुमा सरस्वत केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा। सुनिलकुमार शाह, ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु, ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मतका साथ विजयी भएका छन् ।

त्यस्तै, आइसीसी सदस्यहरुमा लिलादेवी गुरुङ, योगबहादुर फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सरोज मास्के निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्