सेतो चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ



ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्