पर्यटक बस दुर्घटना हुँदा ४ काे मृत्यु, ५ घाइते



काठमाडौँ । अमेरिकाको युटामा पर्यटक बस दुर्घटना भएको छ । चिनियाँ पर्यटक सवार बस दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी पाँचजना गम्भीर घाइते भएका छन् ।

बाटोको छेउमा रहेको रेलिङ्गमा ठोक्किएर बस दुर्घटना भएको स्रोतले जनाएको छ । दुर्घटना किन र कसरी हुन गएको हो भन्ने बारे थप अनुसन्धान चलिरहेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । घाइतेलाई हेलिकप्टरबाट उद्दार गरी अस्पताल लगिएको छ ।

उक्त दुर्घटनामा परेका सबै मानिस चिनियाँ रहेको जनाइएको छ । बसका चालक भने चिनियाँ मुलका अमेरिकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्