ऋतिक रोशनसँग विवाह गर्दै नायिका सोनाक्षी



बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन् । लाइफ स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् । ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने म्याग्जिनको जिज्ञासामा उनले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’

त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन् । उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन् ।पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे गरिसकेकी छन् भने प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् ।

नायिका आलिया भट्टलाई लाग्यो चोरीको आरोप !
बलिउड अभिनेत्री आलिया भट्टलाई चोरीको आरोप लागेको छ । ‘प्राडा’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत आलियाले म्युजिक भिडिओमा डेब्यु गरेकी छिन् । सोही गीतलाई नै चोरीको आरोप लागेको हो । पाकिस्तानी अभिनेत्री मेहविश हयातले आलियाले प्राडा गीत चोरेको आरोप लगाएकी छिन् । उक्त गीतको भिडियोलाई अत्यन्तै मन पराइएको थियो

मेहविशले ‘वाइटल साइन’ एल्बम्को ‘गोरे रंगका जमाना’ बोलको पाकिस्तानी गीतसँग आलियाको प्राडा गीत मिलेको बताएकी छिन् । उनले टुविट मार्फत आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘यो निकै अजिब कुरा हो ।

बलिउडको हरेक कार्यक्रममा पाकिस्तानलाई गाली दिने गरिन्छ, तिरस्कार गरिन्छ । तर पनि पाकिस्तानको हरेक गीत चोरिन्छ । उनीहरुलाई कपीराइट उल्लंघन र रोयल्टीबारे केहि मतलब छैन ।’ यहि विषयले ले अहिले बलिउमा चर्चा पाएको छ । यसो त मेहविश बलिउड र हलिउडको अलाचना पछि नहट्ने गायिका समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्