ब्राजिलको फुटबल टोली घोषणा, भिनिसियस परेनन्



काठमाडौँ । अक्टोबरमा हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ ।

२३ सदस्यीय घोषणा गरिएको टिममा रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडी भिनिसियस जुनियर टिममा परेका छैनन् ।

टिममा प्रतिबन्धका कारण पछिल्ला दुई खेलमा बाहिर रहेका म्यानचेस्टर सिटीबाट खेल्ने गाब्रियल जिसस फर्किएका छन् ।

ब्राजिलले अक्टोबर १० मा सेनेगलसँग र अक्टोबर १३ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

ब्राजिलको टिम :

गोलकिपर :एडरसन, वेभेरटन, सान्तोस ।

डिफेन्डर : डानी आल्भेज, डानिलो, एलेक्स सान्ड्रो, रिनान लोडी, मार्क्विनोस, थियागो सिल्भा, एडर मिलिताओ, रोड्रीगो काइओ ।

मिडफिल्डर : कासेमिरो, अर्थर, फाबिन्हो, लुकास पाक्वेटा, फिलिप कोटीन्हो, माठेउस हेनरिक्वी ।

फरवार्ड : रोबेर्टो फिर्मिनो, रिचार्लिसन, गाब्रियल जिसस, गाब्रियल बारबोसा, नेइमार र एभर्टन ।

हालै कोपा अमेरिका जितेको ब्राजिलले त्यसपछि खेलेका खेलमा कोलम्बियासँग बराबरी खेलेको थियो भने पेरुसँग हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्