प्रतिबन्धित औषधि बिक्री गर्ने १ पक्राउ



कैलाली । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–४ बलियामा लक्ष्मी स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेका क्लिनिक  सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय मेसककुमार चौधरी रहेका छन् । चौधरीले ६ प्रकारका प्रतिबन्धित औषधि बिक्री गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटेको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधीसहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्