याे संविधानलाई पञ्चायत र राणाकालको संविधानसँग तुलना गर्न सुहाउदैंनः सिटौला



न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना गरेर नबस्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।

उनले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति समेत जनाए । जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उनले बताए ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने तर त्यसको आलोचना गरेर मात्रै नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्