एन प्याब्सनले मनायो संविधान दिवस



न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल –एन प्याब्सन)ले संविधानमा वाल अधिकार विषय अन्तक्रिया कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा मनाएको दिवसमा उहाले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन)ले संविधान दिवसका अवसरमा आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तक्र्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाउनुभयो । उहाले भन्नुभयो–“अनेक कुराहरु आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ । आफ्नो संविधान आफै बनाउन सक्ने उदाहरण प्रस्तुत गर्यौँ । उहाँले बालबालिको हितलाई केन्द्रमा राखेर नीति योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने जनाउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्ट मध्येको एक भएको बताउनुभयो । उहाले बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।भन्नुभयो– संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरुपमा लागेका छौ ।

बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तिन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताउनुभयो । सो अवसरमा उहाले नेपालको संविधानले बाल अधिकारलाई व्यवस्थित गर्न महत्वपुर्ण भुमिका खेलेको चर्चा गर्नुभयो । फरक प्रशंगमा उहाले नेपालको इतिहासमै अहिलेसम्म भ्रष्टाचार नियन्त्रण गर्न सरकारले महत्वपुर्ण काम गरेको बताउनुभयो । यो सरकारले धेरै भ्रष्टाचारीलाई कारबाही गरिसकेको छ,अब यो सरकार भ्रष्टाचारलाई शुन्यमा झार्न लागेको छ–उहाले भन्नुभयो ।

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने र हिंसात्मक गतिविधिमा सम्लग्न कार्य र महँगो शिक्षा हुने स्थिति गलत भएको बताउनुभयो । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाई राख्नुभयो । नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बाल अधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हड्ताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताउनुभयो । कार्यक्रममा बाल अधिकारको लागि सरकार गम्भीर हुनुपर्ने विषयमा विभिन्न वक्ताले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्