कमललाई दोहोरो स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं।नेपाली उमा कुङ्फु खेलाडी कमल मगरले विश्व मार्सल आट्र्स गेम्समा दुई स्वर्ण जितेका छन्। क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेका हुन्।

नेपाल उमा कुङ्फु संघले जनाएअनुसारले उनले थप एक कांस्य पनि हात पारेका थिए।त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात पारे।

प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्।

पदक विजेता टोलीलाई अध्यक्ष लामासहित संघका वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले बिहीबार स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्