शिक्षक भलिबलमा खसी पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।जीवन ज्योति इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम जीवनज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जीवनज्योतिका प्रिन्सिपल विष्णु पनेरुले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।विजेताले खसी, उपविजेताले बोका र तेस्रो हुनेले एक जोडी रातो भाले पुरस्कारबापत पाउनेछन्।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपियाँ खर्च हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष राजन अधिकारीले जानकारी दिए। दुईदिने प्रतियोगिताका खेल मनमैजुस्थित आयोजक तथा मानसिंह स्कुलको कोर्टमा खेलाइनेछ।

प्रतिक्रिया दिनुहोस्