क्रेडिट कार्ड देखाएर किस्तामा मोबाइल



एक रुपियाँमा नै मोबाइल फोन उपलब्ध गराउँदै आएको कम्पनी इजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकका लागि फेस्टिवल अफर ल्याएकोछ।

न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ।

‘बैंकको क्रेडिट कार्ड देखाउनुस, शून्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस,’ नामक अफरअन्र्तगत हाल ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेञ्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यसको फाईदा उठाउन सक्नेछन्।

यो अफरअन्तर्गत सुविधा लिनको लागि आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजदरमा कुनै पनि ब्रान्डको स्मार्टफोन किन्न सकिनेछ। यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्