सिद्धार्थ बैंकको लाभांश प्रस्ताव



सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको ३२३औं बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको हालको चुक्ता पुँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४०) मा १० प्रतिशत बराबरको बोनस शेयर तथा १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्