आयातप्रति चिन्ता गर्नुपर्ने अवस्था छैन



काठमाडौं, (नेस)।अर्थमन्त्री डा. युवराज खतिवडाले आयात बढेको भनेर गलत टीकाटिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ।

त्रिपुरेश्वरस्थित भन्सार विभागको भवन बिहीबार उद्घाटन गर्दै उहाँले कुल गार्हस्थको ५२ प्रतिशत लगानी विकासमा भएको र पुँजी र वस्तु पनि विदेशकै भएकाले आयात बढी देखिएको बताउनुभयो।

उहाँले एकातर्फ विलासिताका वस्तु आयात गर्ने र अर्कोतर्फ आयात बढ्यो भन्दै हिड्ने प्रवृति सहि नभएको भन्दै आयात बढ्यो भनेर सरकारलाई धारे हात लगाउन नहुने बताउनुभयो।

‘१६/१७ खर्ब मध्ये लगानीको लागि चाहिने कच्चापदार्थ, प्रविधि विदेशबाट ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो–‘त्यसैले ८/९ खर्ब त अनिवार्य आयात नै हुन्छ, १० खर्ब नै पुग्ला, त्यसैले हामीले आयात नियन्त्रण गर्ने भनेको ४/५ खर्बको आयातमध्ये मात्रै हो, यो ४/५ खर्बबाट सुनचाँदी आयत भएको छ, त्यो सम्पति हो।’ उहाँले कारोबार मुल्यको आधारमा भन्सार निर्धारण गर्न सकिने भए पनि त्यसमा केही समस्या रहेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्