
पेशावर, (एजेन्सी)।सिख समुदायका धार्मिक नेताहरूविरुद्ध अपमानजनक टिप्पणी गरेकोमा गिरफ्तार गरिएका ४ हिन्दू पुजारीलाई उत्तर पश्चिम पाकिस्तानको एक अदालतले जमानत दिएको छ।
न्यायाधीश ललिफ शाहले पुजारीहरू शिवनाथ शर्मा, सुरज कुमार, राम प्रकाश र कवलनाथ शर्मालाई जमानत दिएका छन्।
ती चार जनालाई सिखका १० धार्मिक नेताविरुद्ध अपमानजनक बयान दिएकोमा पेशावर प्रहरीले हिरासतमा लिएका थिए।
यस घटनाले सिख समुदायका जनतामा आक्रोस फैलिएको थियो। पुजारीहरूमाथि सामाजिक सञ्जालमा सिखका १० धार्मिक नेताविरुद्ध अपमानजनक कुरा लेखेको आरोप छ।