विक्रमप्रति नासाको चासो



ह्युस्टन, (एजेन्सी)।भारतको चन्द्रयान–२ को ल्यान्डर विक्रम चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न असफल भएपछि नासाको अर्बिटरले चन्द्रमाको अवतरणका लागि चयन गरिएको स्थानको तस्वीर खिचेको जनाएको छ। नासाले ती तस्वीरको समीक्षा गरिरहेको छ।

नासाको रिकनिसन्स अर्बिटर (एलआरओ) अन्तरिक्षयानले अहिलेसम्म कुनै यान नपुगेको चन्द्रमाको दक्षिणी धु्रव भएर जाने क्रममा विक्रम अवतरण गर्ने प्रयास भएको हिस्साको कयौं तस्वीर लिएको एजेन्सीका एक वैज्ञानिकलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएको छ। अर्विटरले खिचेका तस्वीरको विश्लेषण भइरहेको र ल्यान्डरको अवस्था जान्ने प्रयास भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्