नयाँ अनुसन्धान



मेक्सिको सिटी, (एजेन्सी)। मेक्सिको सरकारले सन् २०१४ मा गुएर्रेरो शहरबाट एक्कासि हराएका ४३ जना प्रशिक्षण शिक्षक बारे पुनः नयाँ ढंगले अनुसन्धान शुरू गर्न लागेको बिहीबार जनाएको छ।

महान्यायाधिवक्ताको कार्यालयले सो वर्षको २६ सेप्टेम्बरमा स्थानीय प्रहरीसँग भिडन्तमा परेका तिनीहरू बेपत्ता भएको बारे झण्डै शुरूदेखि अनुसन्धान गरिने जनाएको छ।

सो घटना र त्यसको असफल अनुसन्धानलाई लिएर मेक्सिकोभरि आक्रोश फैलिएको थियो। मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुयल लोपेज ओब्राडरले यो घटना मेक्सिकोका लागि आलो घाउसरह भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्