लागूऔषधसहित दुई पक्राउ



लहान, (नेस)।सिराहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा जिल्ला उदयपुर रौतामाई गापा–९ पुरकुच्ची बस्ने राजु तामाङलाई लागुओषधसहित पक्राउ गरेको हो।

निज तामाङबाट प्रहरीले लागुऔषध डाइज्प्लाव १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनारगन १३ एम्पुल, नाइट्रोसन २४ ट्याबलेट र मोटरसाइकल बरामद गरेको छ। तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

त्यसै गरी धनगढीमाई नपा–३ कसाहा घर भई हाल जिल्ला सिराहा कर्जन्हा नपा–३ खैराटोल निवासी प्रमोद यादवलाई इप्रका बन्दीपुर सिरहाबाट खटिएको गस्ती टोलीले लागुऔषसहित पक्राउ गरेको छ।

प्रहरीले यादबलाई आफ्नै घरमा लागूऔषध गाँजा लुकाई छिपाई बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ। यादवलाई कागजमा पोका पारेको १ सय १० ग्राम गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्