आपद्माथि विपद्



नेपाल समाचारपत्र, संखुवासभा।संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन्। वेपत्ता ६ जनाकै खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला अस्पताल खाँदवारीमा निमोनियाका बिरामी नाबालक समिरको उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई बोकी खाँदबारीबाट धरान तर्फ हिँडेको को १ ज ३७४९ नम्बरको बुलेरो जीप मंगलवार राति करिव १० बजेतिर धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको थियो।

वेपत्ता हुनेमा जिपका चालक सन्तोस विक, खाँदबारी–९, ढुंगेविसौनाका संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, समिर श्रेष्ठ र खाँदबारी–९ गैरीगाउँका प्रमिस थापा मगर र खबरमान मगर रहेका छन्।

जिल्ला अस्पताल खाँदबारीमा निमोनियाका बिरामी नाबालक समीरको उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई बोकी खाँदबारीबाट धरानतर्फ हिँडेको को१ज ३७४९ नम्बरको बोलेरो जिप मंगलबार राति करिब १० बजेतिर धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको थियो।

उनीहरू खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरानको घोपा क्याम्पतर्फ निमोनियाका बिरामी दुई महिनाका नाबालक समिरलाई लिएर बुबा संगम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ गएका थिए भने अर्का मिर्गौलाका बिरामी प्रमिसलाई लिएर उनका भिनाजु खबरमान मगर एउटै गाडीमा गएका थिए।

वेपत्ता जिपसहित ६ जनाको खोजीकार्य जारी रहेको तर परिरहेको पानी र नदिको ठुलो बहाबको कारण जिपलगायत वेपत्ताको खोजीकार्यमा कठिनाईं भएको प्रहरी नायब उपरीक्षक भीमबहादुर लामाले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्