तौल कम गर्ने जटिल शल्यक्रिया सफल



काठमाडौं, (नेस)। नर्भिक इन्टरनेसनल अस्पतालमा चिकित्सकको टोलीले अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सफल शुरुआत गरेका छन्।

जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीया महिलाको सफल शल्यक्रिया गरेको थियो।

इमाडोलकी अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित हुनुहुन्थ्यो। हिँड्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०–९० भन्दा तल नझर्ने समस्याले उहाँ पीडित हँुदै आउनु भएको थियो।

नर्भिक अस्पतालका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्राडा रमेश चोखानीसँगको परामर्शपछि उहाँ जीआई एन्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकको टोलीसँगको परामर्शमा रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्