राष्ट्रिय परिवार योजना दिवस सम्पन्न



काठमाडौं, (नेस)।छैटौं राष्ट्रिय परिवार योजना दिवस २०७६ किशोर किशोरीको सहभागिता परिवार योजना सेवाको सुनिश्चितता भन्ने मूल नाराका साथ परिवार कल्याण महाशाखाले एक कार्यक्रमको आयोजना गरी मनाएको छ।

नेपाल सरकारले परिवार योजना सेवालाई गुणस्तरीय, सुरक्षित प्रभावकारी बनाउने तथा विशेष गरी दुर्गम, जनजाति, दलित तथा पिछडिएका वर्गहरूमा लक्षित गरी सेवाको पहुँच बढाउने रणनीति लिएको जनाएको छ।

परिवार योजना कार्यक्रमलाई योजनाबद्ध रुपमा विकास गर्ने उद्देश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पञ्चवर्षीय लागत कार्यान्वयन योजनासमेत लागू गरेको जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस्