नर्भिकमा जटिल शल्यक्रिया सफल



काठमाडौं, (नेस)।नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको शुरुआत गरिएको छ।

जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीया अञ्जु बुढाथोकीको उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित हुनुहुन्थ्यो। डिँह्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०÷९० भन्दा तल नझर्ने समस्या, अलिकति हिँड्दा पनि स्वाँस्वाँहुने समस्या त छँदै थियो, त्यसमाथि राति निद्रा नपर्ने समस्याले बढी नै सताएको थियो।

साथै राति तारान्तार पिसाब फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो उहाँलाई। विभिन्न हस्पिटलहरूमा जचाउनुभयो, तर समस्या ज्यूँका त्यूँ। केही समयअघि नर्भिकमा आएपछि उहाँती समस्याबाट मुक्त हुनुभएको हो।

उहाँनर्भिकको जनरल, जीआई. एन्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आउनुभयो। राति घुर्ने र निद्रा नपर्ने समस्याका लागि नर्भिकका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्राडा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जीआई एन्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकहरुको टोलीसँगको परामर्शमा रहनुभएको थियो।

भदौ २५ गते अञ्जु नर्भिकमा भर्ना हुनुभयो। भदौ २६ गते बिहीबार उहाँको दुवै खाले सफलतम् शल्यक्रिया गरियो।उहाँको शल्यक्रियात्मक उपचार नर्भिकका वरिष्ठ जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक सर्जन प्राडा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो।

उक्त टोलीमा प्राडा. जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंकप्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिस्ट डा. सुरेश लामिछाने संलग्न हुनुहुन्थ्यो। शल्यक्रिया पश्चात् उहाँलाई एक दिन आईसीयूमा राखी तत्पश्चात् वार्डमा सारिएको थियो।

नर्भिकमा नेपाली चिकित्सकहरूको टोलीद्वारा मात्रै गरिएको यस खाले शल्यक्रिया भने यो पहिलो थियो। बुढाथोकी डिस्चार्ज भइसक्नुभएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्