नगरपालिका कार्यालय अगाडी बम बिष्फोट



धर्मेन्द्र बि सी,अछाम। बिप्लव समुहले अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । आज राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गरायको अछाम प्रहरीले जनाएको छ ।

बिष्फोटबाट ठुलो क्षती नभएको अछामका प्रहरी प्रमुख (डिएसपी) जनकबहादुर शाहीले जानकारि दिनुभयो ।

रातो र कालो तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिष्फोट गराईएको शाहीले जानकारी दिनुभयो । बिष्फोट गराउने समूहको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फोट गराएको र ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताउनुभयो ।

बम कसले बिष्फोट गरायको हो भन्ने कुनै सङ्केत नछोडेको र जिम्मेवारी पनि अहिले सम्म कसैले नलिएको बताएको छ ।

बिस्फोट बारे छानबिनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाईने बिष्टले जानकारी दिनुभयो ।

यस अघि भाद्र २९ गते रामारोशन गाउपालिका अध्यक्ष झंकर साउदलाई लक्षित गरि निवासमै अग्यात समुहले गोलि प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम बिष्फोट भएपछि थप असुरक्षाको त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्