अमेरिकी विदेशमन्त्रीद्वारा साउदी आक्रमणको शान्तिपूर्ण समाधानप्रति जोड 



साउदी अरब । संयुक्त राज्य अमेरिकाले साउदी अरबको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण सिर्जना भएको अवस्थालाई शान्तिपूर्ण समाधान चाहेको विदेशमन्त्री माइक पोम्पेओले बताउनुभएको छ ।

रियाद र आवुधावीमा सहयोगी मुलुकसँगको छलफलपछि पोम्पेओले भन्नुभयो, “इरानले आक्रमणको अस्वीकार गरेपनि बिहीबार अमेरिकी विदेशमन्त्री पोम्पेओ र सहयोगी मुलुकहरूबीच यस क्षेत्रको सुरक्षाका लागि व्यापक सहमति बनेको थियो ।”

पोम्पेओले भन्नुभयो, “सबै खाडी मुलुक शान्ति चाहेका छन् । हामी शान्तिका दृढसङ्कल्पित छौँ कि अब सबैले यसलाई पालना गर्नेछन् ।”

“मलाई लाग्छ इश्लामिक गणतन्त्र इरानले यसैरूपमा हेर्नेछ ।”

इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले भने यसपहिले अमेरिका र साउदी गठबन्धन सैन्य आक्रमणले इरानलाई युद्धमा जान उद्दत गरेको बताउनुभएको थियो ।

उहाँले बिहीबार सीएनएन्लाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “हामी युद्ध चाहन्नौ । हामीले सैन्य तनावमा सम्लग्न हुन चाहन्नौँ । तर आफ्नो भूमिको रक्षाका लागि एक पल पनि पछि पर्नेछैनौ ।”

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्