नौबिसे नागढुंगा सडक “नो ओभरटेक जोन”



सीताराम अधिकारी, धादिङ । त्रिभुवनराजपथको नौबिसेदेखि नागढुंगा सडकलाई नो ओभरटेक जोन बनाइएको छ ।
विहिबार धुनीबेसी नगरपालिकाको मछिन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरेको सडक सुरक्षा सम्बन्धी छलफल पछि सडकमा हुने जाम सुन्य गराउन नो ओभरटेक जोन बनाइएको हो ।

दशैँको बेला हुने सवारी जामलाई मध्यनजर गर्दै यस्तो घोषणा गर्दै मालवाहक सवारी साधनलाई रातीको समयमा मात्र चलाउने तयारी गरिएको छ ।
१२ किलोमिटर यस सडक खण्डमा ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी, ट्रिपर, भारतिय सामान बोकेका गाडीलाई रातीको नौ बजेपछि मात्र खानीखोलाबाट काठमाण्डौ जान दिनेगरि योजना गरिएको छ ।

सडकमा एक हजारभन्दा बढी ट्रिपरहरु आवत जावत गर्ने र काठमाण्डौभित्र समेत रातीको समयमा मात्र गुड्न पाइने भएकोले सडक जाम कम गराउन खानीखोलाबाट नै काठमाण्डौ जानका लागि रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो

जिल्ला प्रशासन कार्यालय धादिङले आयोजना गरेको छलफलमा नियमित सडक मर्मत गर्नुपर्नेमा नभएपछि समस्या बढी भएको छलफलको मूख्य विषयवस्तु बनाइएको थियो । कार्यक्रममा धुनबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, देबिदत्त गणका प्रमुख सेनानी सुदिप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, ३ नम्बर प्रदेश चितवन रामनगरका ट्राफिक प्रहरी उपरीक्षक प्रकाश रानाभाट, अनुसन्धान उप निर्देशक मकुन्द मरहठ्ठा लगायकाको सहभागिता थियो ।

यस क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक बाँयाँर्फ पुरै सडक भत्किएकोले तत्काल व्यवस्थापन गर्नु पर्ने देखिएको छ । बाँया तर्फ सबै ठाउँमा सडक खाल्डो परेको छ । यसरी सडकमा मालबहाक गाडी रोकिने भएपछि “रिफ्रेसमेन्ट” स्थलहरु स्थानीय सरकारको सहकार्यमा निर्माण गरिने भएको छ । सडकलाई जामरहित बनाउन समय निर्धारण गरि यातायात व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्