चिनियाँ राष्ट्रपति सि जिनफिङले नेपाल भ्रमण गर्ने पक्का



न्युज अफ नेपाल, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सि जिनफिङले नेपाल भ्रमण गर्ने पक्का भएको बताएका छन्।

बुढानिलकण्ठको झोरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति नेपाल आउने बताएका हुन् । यसअघि चिनियाँ राष्ट्रपति आउने चर्चा चलेपनि आउने पक्कत भएको भने थिएन ।

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणका बेला केरूङ्ग काठमाडौं जोड्न झोरदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने रूङ्गमार्ग सहितको सडक बनाउन औपचारिक सम्झौता हुने पोखरेलले बताएका छन् ।

काठमाडौंबाट केरूङ जानेबाटो यही ठाउँबाट बन्छ । झोरबाट सुरूङ बनेर गोर्जेभञ्ज्याङ् हुँदै नुवाकोट निस्किने बाटो बनाउन चीन सरकारसँग सम्झौता गर्दै छौंँ उनले भने, अब चीन सरकारका राष्ट्रपति सि जिनफिङको आगमन हुँदै छ त्यहीबेला औपचारिक सम्झौता हुन्छ। यो हाम्रो लागि खुसीको कुरा भएको पोख्रेलले बताए ।

चीनका राष्ट्रपति सि अक्टोबर ११मा भारत भ्रमण गर्दै छन् । भारत भ्रमणबाट फर्किँदा नेपालमा आउने चर्चा छ। यसअघि सन १९९६मा चीनका राष्ट्रपति जियाङ्ग जेमिन नेपाल भ्रमणमा आएका थिए।

त्यसपछि चीनबाट यति उच्च तहको भ्रमण नेपालमा भएको छैन। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जिया बाओ चार घण्टाका लागि मात्र नेपालमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्