१३ हजार एचआईभी संक्रमित कहाँ गए ?



भगवती तिमल्सिना, काठमाडौं । नेपाल परिवार नियोजन संघको ६१ औं बार्षिकोत्सव पुल्चोक स्थित मुख्य कार्यालयमा विविध कार्यक्रमका साथ मनाईयो ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सिहदरबारको अधिकार गाउँमा आएको भएपनि कोही पनि चुस्त दुरुस्ता नभएकाले परिवार नियोजनका क्षेत्रमा नेपाल परिवार नियोजनसँग मिलेर सहकार्य गर्न आफु तयार भएको बताउनुभयो । उहाँले कार्यक्रममा आएर धेरै नयाँ कुराको जानकारी भएको र आगामी दिनमा परिवार योजना सेवालाई आफ्नो नगरमा नमूनाकै रुपमा कार्यान्वयन गर्ने बताउँनुभयो ।

यतिमात्र नभइ आफुले ललितपुर महानगरपालिकालाई अपाङ्गमैत्री बनाउने प्रकृया शुरु गरिसकेको र भविष्यमा लिफ्टको समेत व्यवस्था गरि उहाँहरुबाट उदघाटन गराउने सोच रहेको छ । साथै ललितपुरमा कोरियाको जस्तै अपाङ्गमैत्री ३ वटा ट्याक्सी समेत अनुदान स्वरुप ३ महिनापछि आई पुग्ने जानकारी गराउनुभयो । उहाँले जो कमजोर छ उस्कालागि सेवा दिन परिवार नियोजन सेवाले ल्याएका कार्यक्रमलाई पनि साथ साथै लैजाने बताउनुभयो ।
कार्यक्रममा लामो समय नेपाल परिवारनियोजन संघमा कार्यरत कर्मचारीहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर मेयर महर्जन र संस्थाका निर्देशक केपी विष्टले सम्मान गर्नुभयो ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रखुम डा.खगेश्वर गेलालले परिवार नियोजनको साधनको अभावमा अनिच्छित गर्भ बढेकै कारण सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढेको बताउनुभयो ।

त्यसैगरी एविलिस फाउण्डेसनका कट्री कोअर्डिनेटर डा.बिरेन्द्रराज पोखरेलले प्रजनन स्वास्थ्य अपांग मैत्री नभएको र अपांगहरुलाई विवाह नै गर्नु हुन्न भन्ने घर परिवार र समाजको दबाबमा कि त डिपोप्रोभेरा लगाई दिने कि पाठेघरनै निकाल्ने जस्ता कार्यले मानव अधिकारको हनन भएको कुरा औल्याउनुभयो । उहाँले सर्वोच्च अदालतले स्वास्थ्य सेवा अपांग मैत्री बनाउन निर्देशन दिएको भएपनि कानूनमै विभेद गरिको समेत आरोप लगाउनुभयो ।

परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवास चन्द्र श्रेष्ठले अंपागता भएका व्यक्तिलाई स्वास्थ्य सेवामा प्राथमिकता दिनुको सट्टा उल्टो हिंस गरेको पाइन्छ । अंपागता भएका व्यक्तिको अधिकार सुनिश्चिताका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा व्यवस्था गर्नुपर्छ । यीनै बिषयलाई लिएर काठमाडौ, भक्तपुर लगायतका ५ वटा जिल्लामा नयाँ कार्यक्रम लिएर ५ बर्षे योजना अघि सारेको जानकारी गराउनुभयो ।

सोही अवसरमा राष्ट्रिय एचआईभी महासंघका कोषाध्यक्ष खगेन्द्र खड्काले १ हजार ३ सय ८० जना बालबालिका परिवार नियोजनको अस्थाई साधनको अभावमा एचआईभी संक्रमित भएका छन र ३० हजार २ सय २८ जनामा १६ हजार ५ सय औषधिको पहुँचमा आए पनि १३ हजार ७ सय २८ जना हराईरहेका छन् भन्नुभयो । सोही अवसरमा आपांगलाई पनिआमा बन्ने अधिकार छ तर अपांगता भएका महिला गर्भवती भयो भने चिकित्सकले नै हेप्ने गर्छन पिडित मिनाले आफ्नो पिडा सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्