१२ जिल्लाका कलाकार रुपन्देहीमा



यमलाल भुसाल, बुटवल । राष्ट्रिक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पांचको प्रथम अधिवेशन रुपन्देहीको तिलोत्तममा शुरु भएको छ ।
अग्रजहरुको सम्मान नव प्रतिभाहरुको प्रोत्सान भन्ने नाराका साथ प्रदेश पांचका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार अधिवेशन भएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले राजनीतिक परिवर्तनमा कलाकारहरुको भूमिका उल्लेखनीय रहेको बताउनु भयो । नेपालको कला र संस्कृतिको संरक्षणमा कलाकारहरुले खेल्दै आएको अथक प्रयासलाई तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता उहाँले जनाउनु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृति देशको गहना भएकाले राज्यको ध्यान लोक संस्कृति संरक्षणमा जानुपर्ने बताउनु भयो ।

नेपाली कांगे्रस बुटवल नगरसभापति खेलराज पाण्डेले देशको कला र संस्कृति बचाउनु पर्ने उल्लेख गर्दै आयतित गीत संगीतमा बढी खर्च भएकाले नेपाली मौलिकता बचाउन राज्यले वजेट विनियोजन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठान प्यूठानका अध्यक्ष तुकमान कार्की, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाल, लुम्बिनी भिजनका अध्यक्ष गतबहादुर पोखरेल लगायतले बोल्दै नेपालमा पेश्चिमेली छाडा संस्कृति हावी हुन थालेको भन्दै चिन्ता गरेका छन् । नेपालको कला संस्कृति संरक्षणका लागि कलाकारहरुलाई प्रोत्सान गरी वजेट विनियाजन गर्न राज्यसंग माग गरेका छन् ।

डिल्लीनारायण पाण्डेको अध्यक्षता, पे्रमप्रकाश मल्लको स्वागत र नारायण विपी परियारको सञ्चालनमा भएको कार्यक्रममा कलाकार नारायण लेकाली, हरि खड्का र रितु थापालाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट जिल्लाको रुपमा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी र प्रतिष्ठानका रुपन्देही अध्यक्ष दीपक कार्की र गुल्मीका सचिव भुवन भुसाललाई सम्मान गरिएको छ । अधिवेशन हुनु अघि बुटवलको योगीकुटीबाट कलाकारहरुले जनचेतानमूलक सांगेतीक ¥याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्