प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ



यमलाल भुसाल, बुटवल । प्रदेश पाँच मदरसा शिक्षा व्यबस्थापन समन्वय समतिको उपाध्यक्षमा कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवाका मशहुद खाँलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश पाँच मुख्य मन्त्री तथा मन्त्री परिषदको बिहिबारको बैठकले मशहुदलाई प्रदेश सरकार (कार्य सम्पादन) नियमावी २०७४ को अनुसुची १ विषय संख्या १७ बमोजिम नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी गराउनु भयो ।

प्रदेश सरकारबाट स्वीकृत प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन कार्यबिधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यबस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यबस्था छ ।

त्यस्तै प्रदेश सरकारले आन्तरिक मामिला तथा कानु मन्त्रालयले गरेको पदक सिफारिस गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा पदक सिफारिस गर्ने र प्रदेश प्रमुखले स्वीकृति गरेपछि प्रदेश स्थापना दिवसका वितरण गरिने मन्त्री चौधरीले जानकारी गराउनु भयो । ११ विधामा वितरण गरिने प्रदेश पदक सिफारिस गर्ने निर्णय भएपनि संख्या भने यति नै भन्ने नभएको उहाँले बताउनु भयो । ‘संख्या ठ्याक्कै यत्ति भन्ने छैन, ३०/३२ जनाको छ ।’ मन्त्री चौधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्