ऐतिहासिक रसुवागढीको संरक्षण र रेखदेखमा कहिले ध्यान दिने



सरस्वति न्यौपाने, रसुवा । ऐतिहासिक रसुवागढी उचित संरक्षण र रेखदेख नहुँदा र भुकम्पका कारण भत्केपछि कसैको ध्यान पुगेको छैन ।

नेपाल तिब्बतविच सहियौँ देखि व्यापरिक र सांस्कृतिक सम्बन्ध रहि आएको छ । श्रृङचङ गम्पोले अंशुवर्माकी छोरी भृकुटी लाई विवाह गरेपछि झनै प्रगाढ सम्बन्ध रहि आएको छ । प्राचिनकाल देखि नै नेपाल र भोट विच चल्ने व्यापारको प्रमुख मार्गको रुपमा रहि आएको छ । यो मध्यकालको उतरार्ध सम्म पनि प्रमुख व्यापारिक मार्ग र केन्द्रको रुपमा कायम रहेको इतिहासमा उल्लेख छ । तर बेला बेलामा नेपाल र तिब्बत विचमा चिसोपना आइरहन्थ्यो । त्यही चिसोपना ले गर्दा कहिलेकाही नेपाल र तिब्बत विच डर लाग्दो युद्धहरु हुने गर्दथे । त्यही बेला नेपाली फौजीहरु हिमाली भन्ज्याङहरु नाघी तिब्बतको सिगास्से र डिगर्चा सम्म पाइला राखेका थिए ।

सोही अनुरुप सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवागढी बनेको हो भुमिको लागी चलेको युद्ध थिलथिलो भएपछि जय प्रकास मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्धा चलाएपछि फेरी नै विवाद मा थियो । पछि नेपाल र तिब्बत विच युद्ध भई सन्धि समेत भयो । तर स्याहमर्पाल लामा सिकमको बाटो हुँदै राजनितिक शरणर्थीका रुपमा नेपाल पसेपछि फेरी तिब्बतले नेपाल संग निहुखोज्यो पन्चेन लामाको हर हिसाव खोजेपछि स्याहमपा आफु सँग भएको धन सम्पति अनुयायी र केही पचि र सहित नेपाल आउँदा नायव बहादुर शाहले उनालाई राजनितिक शरणर्थीका रुपमा स्वीकारी १८४४ को असार ५ मा लिन रणजित पाण्डेलाई खटाएको थिए बहादुर शाहले तिब्बत सँग बदला लिन यहि मौका हो भनि ठाने उनी चहन्थे सिकिम तिरको बाटो बन्द गराएर कुति र केरुङको बाटो खुलाओस यस बारे बारम्बार पत्रचार भएपनि तिब्बत ले यस प्रस्तावलाई बेवास्ता गर्दै आएको थियो ।

स्याहमर्पा लामा प्रकरण पछि तिब्बतमा नेपाली व्यापारिक लुटिन लागेका थिए । तिब्बतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइकोपाए पछि बहादुर शाहले पनि युद्ध सन्चालन गर्ने जिम्मा बलभद्र शाहलाई सुम्पिए । यहि आदेश पालना गर्दै कुतिति र श्रीकृष्ण शाह र केरुङ तीर किर्तीमान सिंह बस्नेत खटिएका थिए । नेपालमा भोटु पाण्डे तिब्बती सेनाद्धारा पक्राउ परे पछि नेपालले थप शैनिक पठायो ।

अन्ततः तिब्बत नेपाल सँग सम्झौता गर्न बाध्य भयो । सम्झौता अनुरुप चिनिय प्रतिनिधि लाई साक्षी राखेर तिब्बतले वर्षेनी ५० हजार एक रुपैया हर्जना तिर्नु पर्ने भयो । पहिलो वर्षमा हर्जाना तिरेपछि १८४७ को साउनमा रकम बुझाउन आनाकानी गर्याे र पछि २५ हजार रुपैया बुझाउनु तयार भयो ।

पछिल्लो पटक तिब्बतले स्याहमर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्तालीका सदस्यहरुलाई घेरा हाली पक्रिएर काठमाण्डौ ल्याए । झुगांको किल्ला कब्जा गर्याे त्यसपछि चीन समेत नोपलसँग क्रुद्ध हुन पुग्यो चिनले आफ्नो विशाल सेनासहित १९९४ को असार ११ मा केरुङ को नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठकोश १२ को रसुवागढीमा नेपाली सेना आइपुगे ।

चिनियाँ सेनाले लखेटदै ल्याउँदा नेपाली सेना टिमुरे आइपुगे पछि काठमाण्डौबाट हिडेका थप सैन्यदल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुवेशीमा भेट भयो, ठुलो संख्यामा रहेका चिनिया सेना सिरानको बाटो भई भोटेकोशी नदी तरेपछि निहरु सँग भुकाविला गर्न नसक्ने देखेपछि नेपाली सेना धुन्चे आए ।

त्यहाँको देउराली डाँडामा किल्ला बनाइ उनीहरु बस तिन दिन रातको लडाईमा दुइपटक चिनियाँ सेनालाई नेपालले बल पुर्वक धपाए पनि उनिहरु फेरी पछि हटन बाध्य भए । नेपाली सेना फेरी कमारेगढमा आए । नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि भोलिपल्ट ठुलो संख्यामा चिनिया सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आइपुगे त्यो समयमा दामोदर पाण्डे चोगदेमा तैनाथ थिए ।

दुवै पक्षविच लडाई चल्दै जाँदा चिनिया सेना नेपाली सेनालाई पेल्दै नुवाकोट वेसी आइपगे यस्तो अवस्था आएपछि बहादुर शाहले चिन तिब्बत सँग सम्झौता गर्नु पर्ने आवश्यकता महशुस गरे । तर चिनियाले स्याहमर्पालाई खोजेपछि सम्झौता हुन सकेन नेपालले स्याहमर्पा ले अत्महत्या गरिसकेको बताए पनि चिनिया सेनापति ले चित्त बझाएनन ।

बेला चिनिया सेना बेत्रावति पारी आइसकेको थिए । उनीहरुलाई बेत्रावति नाहन नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयम नुवाकोट पुगेका थिए । चिनियाँ सेना लाई रोक्न नेपाली सेना चोकद हुदै दुधे थुम्धको र गर्खु किल्ला बनाएर बसृेका थिए । धमासान लडाई भयो । नेपाली सेिना पहाडको टुप्पामा थियो भने चिनिया सेना भिरालोमा मध्य वर्षातमा बेत्रावतिमा डर लाग्दो भल बगिरहेको थियो चिनियाँ सेनाले रासन पानीको अभावको सामान गर्न थालिएको थियो ।

नेपाली सेनाको पराक्रम ले चिनिया सेना थप अगाडी बढ्न सकेन र चिनियाँ सेनापति तुङ ट्वाङलाई नोपल सँग सन्धी गर्नु पर्ने बाध्यता आइलाग्यो । अन्ततः अनुयायी र परिचर लाई लिएर वि.स. १८४९ भदौ ११ मा स्वदेश फिर्ता हुनु पर्याे । यस्तो इतिहास बोकेको रसुवागढीको महत्व र इतिहास कमै लाई थाह छ । यही गढीको नामले नै जिल्लाको नाम रसुवागढी हुन गएको हो ।

प्रतिक्रिया दिनुहोस्