कछुवा गतिले अर्थतन्त्रको विकास हुन्नः पूर्वप्रधानमन्त्री भट्टराई



न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा भएकाले यसलाई सुधार गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

बजेट अधिवेशनको समापनका अवसरमा भट्टराईले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । भट्टराईले असन्तुष्टि नै विकास गर्ने आधार भएको उल्लेख गरे ।

पूर्वप्रम डा। भट्टराईले संविधान जारी भएपछि यो अवधिमा थुप्रै कानून निर्माण भएको, महिला मान्य सदस्य सबैभन्दा बढी सक्रियतापूर्वक सहभागिता भएर काम गरेको अनुभूति गरेको सुनाए ।

भट्टराईले ठूलो बलिदानीपछि जारी गरेको संविधान जारी गरेको चार वर्ष पुग्दै गरेको अवस्थामा संविधान पनि त्यहीअनुरुप विकास हुँदै जानुपर्ने  बताए ।

नेपालको भू–राजनीतिकमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अमेरिका, चीन र भारतजस्ता तीन ठूला राष्ट्रलाई अवसरको रुपमा लिएर तीन ठूला शक्तिको ध्यान नेपालमा केन्द्रित गरेर त्यसलाई अवसरका रुपमा लिनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्