आफ्नै पसलबाट छोराले सुन चोरी गरेपछि



न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ बस्ने सन्तबहादुर सुनारले राप्तिरोडमा सञ्चालन गरेको जयलक्ष्मी सुनचाँदी पसलबाट गत मंगलबार राति करिब ८ बजे २ तोला सुन चोरी भएको सूचना प्रहरीले पायो ।

सूचनाका आधारमा सुन चोरी गर्ने मानिसको खोजतलास थालियो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त सुनचाँदी पसल सञ्चालकका छोरा वर्ष २७ का ईश्वर सुनारलाई नै प्रमाणसहित पक्राउ गर्यो ।

उनको साथबाट चोरी भएको सुन फेला परेको हो । सुनसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्