मैत्रीपूर्ण भलिबलमा राष्ट्रसेवक कर्मचारी समूह विजयी



न्युज अफ नेपाल, चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकूद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल गर्नुभएको थियो भने खेलकूद सङ्घको नेतृत्व राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले गर्नुभएको थियो ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकूद सङ्घ पछिल्लो तीन सेटमा पराजित हुन पुग्यो । खेलकूद सङ्घले उद्योग वाणिज्य सङ्घका समूहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने कर्मचारी समूहले मुख्यमन्त्री तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

विजयी तथा सहभागी खेलाडीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्