फेरी घट्यो सुनको मूल्य, यस्तो छ बजार भाउ



न्युज अफ नेपाल, काठमाडौं ।

भदौ अन्तिम सातादेखि लगातार ओरालो लागेको सुनको मूल्यमा बिहीबार गिरावट आएको छ । छापावाला सुनको मूल्य प्रतितोला ३ सयले घटेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य ७० हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला ७१ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य ७० हजार ४०० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य पनि घटेर प्रतितोला ८५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको ८७० रुपैयाँमा कारोबार भएको थियो।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिमसम्म पनि घटेको थिएन।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्