सुनको मूल्यमा ६०० रुपैयाँ गिरावट



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । सुन हिजो प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्