महादेवको जय होस्



सरकार दुई तिहाई बहुमतको अनि इतिहासकै शक्तिशाली भन्या त सरकार भन्दा शक्तिशाली डेंगु देखिया छ। डेंगुराज सवत्र फैलिएसी सरकारले डेंगुको दागागिरी नियन्त्रण गर्न नसक्ने निधो भएको छ।

त्यही भएर हो क्यार ‘लामखुट्टेश्वर महादेव’को मन्दिर स्थापना गरेर सो जन्तुलाई खुसी पार्न सांसदले सरकारलाई सुझाब द्याछन्। मन्दिर स्थापना गरी पूजापाठ र तन्त्रमन्त्रमा जुट्न सत्तापक्षकै सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सो जन्तुले नेपाल र नेपालीलाई दुःख कष्ट नदेओस अनि सरकार डेंगुका अघि घुँडा नटेकोस र इतिहासकै नालायक ठहरिनु हुन्न भन्दै नेकपाकै सांसद विरोध खतिवडाले यस्तो विधि बताएका हुन्।

डेंगुको दादागिरी यति चर्को भइसक्यो कि उसकै कारण अन्य सत्तापक्षीय सांसद पनि सरकार विरुद्धको गुटबन्दीमा लाग्या छन्।

यही विषयलाई लिएर सत्तापक्षका सांसद र मन्त्रीबीच चर्को जुहारी चल्न थाल्या छ।तर स्वास्थ्य मन्त्री उपेन्द्र यादव आफू स्वस्थ भएर हो क्यार, डेंगु नियन्त्रणमा आइसकेको दाबी गर्छन्।

‘डेंगु नियन्त्रणमा आइसक्या छ, डेंगु संक्रमितको संख्या घट्दै गएकाले आत्तिनु पर्ने अवस्था छैन’ –बुधबारको संसद्मा मन्त्री यादवले ठ्याक्कै यस्तै बोले।उनको तर्क कति पत्याउने कति नपत्याउने पाठकवृन्दले आफैं दूधको दूध पानीको पानी छुट्याए हुन्छ। 

लामखुट्टेश्वर महादेव हिमाल, पहाड र तराई सवत्र प्रकट भइरहेको छ। तेत्तिसकोटी देवता अटाएको देशमा लामखुट्टेश्वर महादेव नअटाउने भन्ने कुरै हुन्न, महादेवको जय होस्।

प्रतिक्रिया दिनुहोस्