जित कुण्डो आजदेखि



काठमाडौं, (नेस)।नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबारदेखि हुनेभएको छ।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव शिवबहादुर थापाले जनाएका छन्।

प्रत्येक तौल समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्। दुईदिने प्रतियोगिताका खेल श्री समाज भवन टोखामा हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्