उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टस् डिलरलाई टाटा एच फाइभ



काठमाडौं, (नेस)। टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रमअन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ।

नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टर मध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रूपमा टाटा मोटर्सद्वारा टाटा एच फाइभ प्रदान गरेको छ।

उक्त कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठद्वारा सयुक्त रूपमा हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रूपमा स्पेयर पार्टस्लाई सहज रूपमा बनेपा क्षेत्रमा उपलब्ध गराईदिनु भएकोमा धन्यबाद व्यक्त गर्दै आगामी दिनमा अरू जिम्मेवार भएर काम गरिदिनका लागि अनुरोध गर्नुभएको छ।

टाटालाई टाटा जेन्युईन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायी सहकार्य गदै देश भरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रम लिएर आउनुका साथै आउँदा दिन थुप्रै च्याम्पियन जोन तथा रिटेलर लाई लक्षित गरी विविध कार्यक्रम ल्याइने सिप्रदी अटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्