अन्तिममा २ गोल बेहोर्र्दा लिभरपुल पराजित



लन्डन, (एजेन्सी)। डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिगको यस सिजनमा हारबाट शुरुआत गरेको छ।
अन्तिमतिर दुई गोल बेहोरेपछि लिभरपुल नेपोली विरुद्ध २–० गोलअन्तरले हारेको हो।

ड्राइज मटेन्स्ले ८२औं मिनेटमा पेनाल्टी गोल गरेको र इन्जुरी समयमा फर्नान्डो लोरेन्टेले थप गोल गरेका थिए। लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले जोसे कालेजनलाई फाउल गरेपछि इटालियन क्लबले पेनाल्टी प्राप्त गरेको थियो।

जसलाई बेल्जियन फरवार्ड मर्टेन्सले सहजै गोलमा परिणत गरे। त्यसपछि टोटनहामका पूर्व फरवार्ड लोरेन्टेले भर्जिल भान डिएकको गल्तीमा गोल गरेका थिए।

समूह ‘ई’ मा नेपोलीले ३ अंक जोडेको छ भने लिभरपुल पहिलो खेलमा अंकविहीन भएको छ। च्याम्पियन्स लिग विजेताले पहिलो खेल हारेको यो १९९४ पछि पहिलो पटक हो। यसअघि १९९४ मा च्याम्पियन एसी मिलानले प्रतियोगितामा पहिलो हार बेहोरेको थियो।

यसैगरी अर्को इंग्लिस क्लब चेल्सी पनि पराजित भएको छ। समूह ‘एच’को खेलमा चेल्सीलाई भेलेन्सियाले १–० गोलअन्तरले पन्छाएको थियो। चेल्सीलाई स्टामफोर्ड ब्रीजमा बराबरी गर्ने मौका आएको थियो।

ह्यान्डबलमा पेनाल्टी पाएकोमा रोस बार्कलीले प्रहार गरेका थिए। तर बलले क्रसबारमा प्रहार भएपछि चेल्सी बराबरी गर्नबाट चुकेको थियो।

यसअघि ७४औं मिनेटमा रोड्रीगोले फ्री–किकलाई गोलमा परिणत गर्दै भेलेन्सियालाई १–० को अग्रतामा राखेका थिए। यसै समूहको अर्को खेलमा आयक्सले लिलेलाई ३–० ले हराएको थियो।

बार्सिलोना बराबरीमा

मार्क एन्डे« टर स्टेजेनले मार्को रिउसको पेनाल्टी बचाएपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा गोलरहीत बराबरीबाट शुरुआत गरेको छ।

समूह ‘एफ’को खेलमा बार्सिलोनाको प्राप्त पेनाल्टी सदुपयोग नहुनु र अन्तिममा जुलियन ब्रान्डटको प्रहार क्रसबारमा लाग्नु नै बोरुसिया डर्टमन्डसँँग गोलरहीत बराबरी खेल्नु परेको हो।

अन्तिममा जुलियनले बोरुसियाका गोलकिपर मार्कलाई बिट गरेर प्रहार क्रसबारमा लागेको थियो। गोलकिपरको सानदार प्रदर्शनले डर्टमन्डले आफ्नै घरेलु मैदानमा ५ पटकको युरोपियन च्याम्पियनलाई रोकेको छ।

बार्सिलोनाका लागि लियोनल मेसी बेन्चबाट खेल्न आएका थिए। ता पनि ला–लिगा च्याम्पियनले कुनै असर छोडन सकेन। त्यस्तै १६ वर्षको उमेरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका आन्सु फाटीले पनि टोलीलाई उकास्न सकेनन्।

१९ वर्षीय हालान्डको सनसनी

यस सिजनको च्याम्पियन्स लिगको शुरुआतमा साल्जबर्गका १९ वर्षीय खेलाडी अर्लिङ ब्राउट हालान्डले आफ्नो डेब्यु खेलमै सनसनी मच्चाए। उनले पहिलो हाफमै तीन गोल गर्दैह्याट्रिक पूरा गरेका थिए।

नर्वेका अन्तर्राष्ट्रिय खेलाडीले यस सिजनमा मात्र ९ खेल खेलेका छन्। जसमा उनले १७ गोल गरिसकेका छन्। योसँगै समूह ‘ई’ को खेलमा साल्जबर्गले जेन्कलाई ६–२ गोलअन्तरले पाखा लगाएको थियो।

पूर्वखेलाडी आल्फ इन्गे हालान्डका छोरा हालान्ड च्याम्पियन्स लिग इतिहासमाह्याट्रिक गर्ने तेस्रो युवा खेलाडी हुन्। उनको उमेर १९ वर्ष ५८ दिनको रहेको थियो।

यसअघि स्पेनी राउलले १८ वर्ष १ सय १३ दिनमा र वायने रुनीले २००४ मा १८ वर्ष ३ सय ४० दिनमा यस्तै सनसनी मच्चाएका थिए।

प्रतिक्रिया दिनुहोस्